अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिसडोल ल्याण्डफिल साइटमा रंगशाला बनाउने मन छ : मेयर बालेन

सिसडोल ल्याण्डफिल साइटमा रंगशाला बनाउने मन छ : मेयर बालेन


काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ्सँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो । ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित ब्यबस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउँछौँ,’ उहाँले भन्नुभयो ।

कुराकानीका क्रममा मेयर शाहले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताउनुभयो ।