अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बस्ती र खेती गर्ने जमिनको यकिन गर्न नसक्दा नेपालमा अन्न उत्पादन ह्रास भयो : अध्यक्ष ओली

बस्ती र खेती गर्ने जमिनको यकिन गर्न नसक्दा नेपालमा अन्न उत्पादन ह्रास भयो : अध्यक्ष ओली


भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बस्ती र खेती गर्ने ठाउँको यकिन गर्न नसक्दा नेपालमा अन्न उत्पादनमा ह्रास आएको बताउनुभएको छ ।
नेपालको जमिन धान उत्पादनका लागि उपयुक्त रहेकोले यस बालीको प्रवद्र्धनमा सबैले लाग्नु पर्ने अध्यक्ष ओलीको भनाइ छ ।
आज १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा बोल्दै अध्यक्ष ओलीले जथाभावी प्लटिङले खेती प्रणालीमै समस्या आएको बताउनुभएको छ ।

‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ ।’
ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताउनुभयो ।

‘अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमिको अन्त्य गर्नुपर्नेछ । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कनेछौं । आफैंलाई सुधार गरे उन्नत बीउ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिनेछ’कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभएको छ ।