अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीले हुने क्षती न्यून गर्न तत्कालिन र दीर्घकालिन कार्यक्रम सुरु गर्न अनेरास्ववियुको माग

बाढीले हुने क्षती न्यून गर्न तत्कालिन र दीर्घकालिन कार्यक्रम सुरु गर्न अनेरास्ववियुको माग


काठमाडौ -अनेरास्ववियुले बाढीका कारण ठूलो मात्रामा हुने जनधनको क्षति कम गर्न लागि आवश्यक आपतकालिन र दीर्घकालिन तयारी थाल्न सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै हरेक वर्ष बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताउँदै पुर्व तयारीको अभाव, तत्काल राहत र उद्दार सामाग्री एवम् जनशक्तिको व्यवस्थापन गर्न नसक्ने सरकारी संयन्त्रका कारण जनताले भोग्नुपर्ने कष्ट अन्त्यका लागि तयार रहन नेपाल सरकारलाई माग गर्नुभएको छ ।

वर्षेनि तराईका भु–भागहरु डुवान पर्ने गरेको उल्लेख गर्दै बरालले सरकारले बेलैमा कुटनीतिक पहल गरी कोशी, गण्डकी र महाकाली ब्यारेजलाई खोल्न आवश्यक पहल गर्न माग गर्नुभएको छ । त्यस्तै देशभरिका जिल्लाहरुमा रहेको दैविक प्रकोप उद्दार संयन्त्रको बैठक राखी भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि आवश्यक आपतकालिन र दीर्घकालिन तयारी थाल्न निर्देशन जारी गर्न पनि उनले सरकारसँग माग गर्नुभयो ।

अध्यक्ष बरालले प्राकृतिक प्रकोपहरुका कारण पीडामा रहेका आम नागरिकहरुलाई सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्काल क्रियाशील रहन एवम् सम्भावित जोखिम न्यूनीकरणका लागि समेत राहत र उद्दारका लागि तयारी अवस्थामा रहन देशभरका अनेरास्ववियुका नेतारकार्यकर्ता तथा शुभेच्छुकहरुलाई आह्वान गर्नुभएको छ ।