अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा भएको अन्तरघातको छानबिनका लागि एमालेको समिति, विष्णु पौडेल संयोजक

चुनावमा भएको अन्तरघातको छानबिनका लागि एमालेको समिति, विष्णु पौडेल संयोजक


काठमाडौं– नेकपा एमालेले चुनावमा भएको अन्तरघातको छानबिनका लागि समिति गठन गरेको छ ।

पार्टीभित्रैबाट भएका अन्तरघातका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

नेकपा एमाले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।

पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।