काठमाडौं -आज पनि देशका केही स्थानमा वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विभागका अनुसार आज देशका धेरै स्थानमा घाम लाग्ने सम्भावना छ। काठमाडौंमा बिहानैदेखि चर्को घाम लागेको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राती देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ।
यस क्रममा प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।







प्रतिक्रिया