अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना,सबै जातीका संस्कृतिको सम्मान राष्ट्रियता बलियो बनाउने आधार

राष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना,सबै जातीका संस्कृतिको सम्मान राष्ट्रियता बलियो बनाउने आधार


काठमाडौ -राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा बकर ईदको शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल जातीय विविधतायुुक्त देश भएकोले यहाँ भएका विविध भाषाभाषी र संस्कृतिको सुन्दर फूलबारीको रुपमा रहेको उल्लेख गर्नुभएकोे छ । नेपालमा भएका विविध भाषाभाषी र संस्ृकतिलाई एकताको सुत्रमा बाध्न सके राष्ट्रियता झनै बलियो हुने राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।

यस्तै, उपराष्ट्रपति नन्द बहादुर भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास व्यक्र गर्नुभएको छ ।