अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रमुख सचेतक दाहालको प्रस्ताव– ‘विधेयक अलपत्र भए, अनुगमन संयन्त्र बनाऊँ’

एमाले प्रमुख सचेतक दाहालको प्रस्ताव– ‘विधेयक अलपत्र भए, अनुगमन संयन्त्र बनाऊँ’


काठमाडौं– नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक देवेन्द्र दाहालले संसदमा विधेयकहरु अलपत्र परेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक दाहालले अलपत्र विधेयकहरुको अनुगमन गर्न संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो । ‘विधेयकहरु हेर्ने गरी संसदका दुवै सदनमा विशेष अनुगमन सुझाव समिति बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सरकार कहाँ अलमलिन्छ, विधेयक अलपत्र परेका छन् ।’

संसदको काम विधेयक बनाउने भए पनि सांसदहरुको ध्यान अन्तैतिर गएको समेत दाहाहलले उल्लेख गर्नुभयो ।

एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका नेता दाहालले तत्कालिन एमाले नेतृत्वको सरकारले मौलिक हकसँग सम्बन्धित कानून निर्माण र कार्यान्वयनमा धेरै काम गरेको विवरणसमेत उल्लेख गर्नुभयो ।