अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागार्जुनमा चितुवा घरमा पस्यो,एकै परिवारका पाँच जना घाइते

नागार्जुनमा चितुवा घरमा पस्यो,एकै परिवारका पाँच जना घाइते


काठमाडौ- काठमाडौंको नागार्जुन नगरपालिका -८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।
गएराती एक बजे हर्साखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य छ । उनीहरु मध्ये केही अली अली बोल्न सक्ने तर त्रसित अवस्थामा रहेको प्रहरीको भनाइ छ ।