काठमाडौ- सत्ता गठबन्धनका नेताहरु एकपछि अर्को भारत भ्रमणमा जान थालेका छन् । निर्वाचिनको मिती नजिकिदै जाँदा उनीहरुको यो भ्रमणलाई संसयपूर्ण ढंगले हेरिएको छ । काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा भारतमा भएकै बेला सत्ता गठबन्धानको अर्को प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमणको तालिक सावर्जनिक भएको छ । प्रचण्ड शुक्रबार भारत जाँदैहुनुहुन्छ ।
प्रचण्डको सचिवालयका अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लाग्नु भएको हो ।
सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग प्रचण्डको भेट हुनेछ ।







प्रतिक्रिया