काठमाडौ- प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गर्नुभएको छ ।
माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उम्मेदवारी दर्तापछि बोल्दै भुसालले संसदलाई स्वतन्त्र र थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया