अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न वामदेव गौतमको माग

राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न वामदेव गौतमको माग


काठमाडौं – राष्ट्रियसभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नु भएको छ ।

पूर्व उपप्रधानमन्त्री गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराउनु भयो ।

राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो ।

गौतमले भन्नुभयो, ‘चार वटा समितिहरु छन राष्ट्रिसभामा । तीन वटा समितिमा सभापति छैनन् । सम्माननीय अध्यक्ष महोदय, राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नु पर्दछ । राष्ट्रियसभाका सदस्यहरु कहाँ आन्दोलन गर्न जानुपर्ने हो ? जानुपर्छ । यस विषयमा अध्यक्षले ध्यान दिनुपर्‍यो । मेरो सुझाव छ–एक हप्ता भित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा तीन वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस् ।’