अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनिया कम्यूनिष्ट पार्टीका नेतालाई भेटेको साता नपुग्दै भारतीय नेताहरुलाई भेट्न प्रचण्ड आज भारत जाँदै

चिनिया कम्यूनिष्ट पार्टीका नेतालाई भेटेको साता नपुग्दै भारतीय नेताहरुलाई भेट्न प्रचण्ड आज भारत जाँदै


काठमाडौं- चिनिया कम्यूनिष्ट पार्टीका नेता लिउलाई भेटेको हप्तादिन नपुग्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत जादै हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं काँग्रेस नेतृ आरजु राणा भारत भ्रमण मै रहेका बेला प्रचण्डको भारत गमनलाई राजनीतिक रुपमा संशयपूर्ण ढंगले हेरिएको छ ।
सत्ता गठबन्धन चुनावसम्म लैजाने प्रयास गरिरहेका देउवा र प्रचण्डलाई भारतले सम्बन्ध थप कसिलो बनाइदिने आशंका गरिएको छ । प्रचण्ड भारतीय जनता पार्टीका अधयक्ष जेपी नाडाको निमन्त्रणामा त्यसतर्फ जान लाग्नु भएको हो । तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ।
प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटका लागि प्रयास गरिरहे पनि मोदीको सचिवालयले हालसम्म समय उपलब्ध नगराएको स्रोतले जानकारी दिएको छ ।
प्रचण्ड आइतबार नेपाल फर्किने कार्यक्रमम छ ।