अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा पावर हाउस भत्किदा एकै परिवारका तीन जनाको मृत्यू

जुम्लामा पावर हाउस भत्किदा एकै परिवारका तीन जनाको मृत्यू


जुम्ला- जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ वजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी चौकी बड्किका अनुसार राति बत्ती किन गयो भनेर हेर्न जादा एकासी घर भासिएको थियो । उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरी राती नै घटनास्थलमा पुगेको थियो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।