अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक


काठमाडौ -संक्रमणकालिन न्याय सम्बन्धी विधेयकमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यो विधेयक सम्बन्धमा सहमती जुटेमा मन्त्रिपरिषद बैठक बसेर पारित गर्ने तयारी छ ।

सरकारले आज शुक्बार दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।
द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् ।

सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो ।