पोखरा – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवाञ्छित आरोप लगाएर हटाउन खोजेको बताउनु भएको छ ।
पोखरामा आज पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुण्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालोधनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’
महासचिव पोखरेलले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधको विरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गर्नुभयो ।







प्रतिक्रिया