अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीको एआइजी पदबाट विश्वराज पोखरेलको राजिनामा

नेपाल प्रहरीको एआइजी पदबाट विश्वराज पोखरेलको राजिनामा


काठमाडौ -प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजीपी० विश्वराज पोखरेलले राजीनामा दिनु भएको छ ।
आज दिउँसो प्रहरी प्रधान कार्यालय नक्सालमा उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

आफू भन्दा कनिष्ट प्रहरी अधिकृतलाई आइजिपी बनाएको भन्दै पोखरेलले राजिनामा दिनु भएको हो । आफू भन्दा कनिष्ट धिरजप्रतप सिंहलाई सरकारे आइजिपी नियुक्त गरेपछि पोखरेल सर्वोच्च अदालत पनि जानु भएको थियो । तर अदालतले पनि पोखरेललाई हराएरर सिंहलाई जिताएपछि आज उहाँले राजिनामा दिनुभएको हो । स्रोतका अनुसार पोखरलले आजको हाजिरी गरेर भोली देखि लागु हुने गरी राजिनामा पेश गर्नु भएको छ ।