अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङमा ३८ योजना सम्पन्न

मनाङमा ३८ योजना सम्पन्न


मनाङ – हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ। बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिनुभयो । गत आवमा जिल्लामा रु.एक करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए ।

जिल्लामा रु.९० लाखको लागतमा ङावल ढलान बाटो, रु.५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ । यस्तै रु २९ करोडको लागतमा मुङ्जे–खाङ्सार सडक निर्माण भइरहेको छ । “हालसम्म रु पाँच करोडबराबरको काम भइसकेको छ । बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ,” प्रमुख विष्टले भन्नुभयो ।

मनाङमा तीन बहुवर्षीय योजना छन् । दुई मोटरेवल पुल र मुङ्जे टङ्की मनाङ सडक कालोपत्रको काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा मनाङमा १६ योजना थप भएका छन् । वर्खा याममा बाढी पहिरा र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ ।