अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनका कुन चाहिं पार्टीको विचारलाई हेरेर जनताले भोट दिने ? : प्रदीप ज्ञवाली

गठबन्धनका कुन चाहिं पार्टीको विचारलाई हेरेर जनताले भोट दिने ? : प्रदीप ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्वच्छ प्रतिस्पर्धा गरेर जनताको बीचमा जनमतका लागि जानुपर्ने बताउनु भएको छ ।

आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेपछि उपमहासचिव ज्ञवालीले गठबन्धन असफल सावित भइसकेको भन्दै यस्तो बताउनु भएको हो ।

गठबन्धनको राजनीति देशको दीर्घकालीन हितमा नहुने ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दीर्घकालीन रूपमा यो लोकतन्त्रको लागि स्वास्थ्यकर होइन, गठबन्धन गर्दा कसको विचार लागु गर्नु ?’

गठबन्धनका कुन चाहिँ पार्टीको विचारलाई हेरेर जनताले भोट दिने भन्ने प्रश्न उठ्ने ज्ञवालीको भनाई छ। यसले जनताको स्वतन्त्र छनोट गर्ने अधिकारलाई कुण्ठित गर्ने ज्ञवालीले बताउनुभयो । तर पनि त्यो गठबन्धनका दलको स्वतन्त्रताको कुरा भएको उहाँ प्रष्ट पार्नुभयो ।

एमाले चुनावमा जान कसैको सहारा लिनुपर्छ भन्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । ‘जो कमजोर हुन्छ, उसको लागि सहारा चाहिने हो’, ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीले एमाले एक्लै जनताको बीचमा जाने र जनताले बहुमत दिने विश्वास व्यक्त गर्नुभयो । तथापि एमालेसँग मिलेर जान चाहने दलसँग स्थानीय तहमा काहीँ कतै तालमेल भने हुनु सक्ने उहाँले बताउनुभयो । तर राष्ट्रिय स्तरमा गठबन्धन गरेर एमाले चुनावमा नजाने उहाँले प्रष्ट पार्नुभयो ।