अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविमा नेविसंघको तालाबन्दी विरोधमा अनेरास्ववियुको हस्ताक्षर संकलन

त्रिविमा नेविसंघको तालाबन्दी विरोधमा अनेरास्ववियुको हस्ताक्षर संकलन


काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ ।

त्रिविको केन्द्रीय कार्यालयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियुले जनाएको छ ।

नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, केन्द्रीय लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।