दमक – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ।
औधोगिक विकास तथा आत्मनिर्भरताका लागि एउटा राष्ट्रिय प्रोफाइल बनाउन आवश्यक रहेको बताउनुभयो ।
शुक्रबार साँझ झापाको दमकमा स्थानीय उद्यमी ब्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो। निर्यातका लागि निर्यातमूलक उद्योग र आत्मनिर्भरताका लागि आवश्यक के कस्ता कारखाना बनाउन सकिन्छ भनेर राष्ट्रिय प्रोफाइल तयार पारेर त्यसैअनुसार अघि बढ्नु पर्छ, उहाँले भन्नुभयो ।
हरेक उद्योगले अधिक उत्पादन दिन सकोस भनेर ध्यान दिने, हरेक उद्योगमा लागत कम गर्ने उपाय खोजिनु पर्छ ओलीले भन्नुभयो, ‘लागत कम र प्रतिफल ज्यादा भएमा मात्र यसबाट उपलब्धि हुनसक्छ । अहिलेसम्म सरकारको निजीबाट खुशी भएर कुनै पनि उद्योग नखुलेको हो ।’
कुन उद्योग कहाँ चलाउने र त्यसको सम्भावाना कस्तो छ भनेर सरकारले अध्ययन गरेर त्यसैअनुसारको नीति बनाउनु पर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । धितो राखेर ऋण दिने काम मात्र गरेर उद्योगहरुको विकास हुन नसक्ने उहाँले बताउनुभयो । परियोजनाको आधारमा ऋण दिने र त्यही धितो मान्ने नीति अहिलेसम्म प्रभावकारी नरहेको समेत उहाँको भनाइ छ।
निजी क्षेत्रलाई प्रोत्साहित त गर्नुपर्छ तर निजीकरण मात्र अहिलेको समस्याको सामधान होइन ओलीले भन्नुभयो, ‘निजी, सार्वजनिक क्षेत्र र कर्मचारी संयन्त्रमा समेत कतिपय खरावीहरु छन्, यी विषयलाई हटाउनुपर्छ । सहकारीमा कमीकमजोरी छन्।’
राज्यको सहयोग र साथबेगर नीजि क्षेत्रको विकास सम्भव नभएको पनि उहाँले बताउनुभयो ।






प्रतिक्रिया