अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ १५ भित्रै निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने एमाले बागमतीको निर्णय

भदौ १५ भित्रै निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने एमाले बागमतीको निर्णय


काठमाडौँ – नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीको पदाधिकारी बैठकले बागमती प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय ललितपुर च्यासलमा बसेको बैठकले समन्वय कमिटी भदौ १५ गतेभित्रै गठन गर्ने निर्णय गरेको प्रचार विभागका प्रमुख महेश बर्तौलाले जानकारी दिनु भयो ।

प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा भएको बैठकमा प्रदेश इन्चार्ज काशिनाथ अधिकारी, सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, अरूण नेपाल, आनन्द पोखरेल, पार्वत गुरूङ, धर्मदत्त देवकोटा, उपाध्यक्ष रामहरि सुवेदी, सचिव विजय सुवेदी, उपसचिव रत्न गुरूङ र महेश बर्तौला उपस्थित रहको थिए ।

बैठकले ६ वटा निर्णय गरेको छ ।

१. नेकपा एमालेको विधानको धारा ५९ को अधीनमा रही यही १५ गते भित्र बागमती प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने ।

२. यसरी गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले आफ्नो बैठक बसि पार्टी केन्द्रिय कमिटीले निर्धारण गरेको मापदण्ड र सिमा भित्र रहेर उम्मेद्बारको सिफारिस गर्नुपर्ने, उक्त सिफारिसको लागि भएको बैठकको निर्णयको प्रतिलिपी र प्रस्तावित उम्मेद्बारका सम्बन्धमा सम्बन्धित जिल्ला कमिटीको आवश्यक राय सहित यही भदौ २० गते भित्र उमेदवारको सूची प्रदेश कार्यालयमा पेश गर्नुपर्ने ।

३. समानुपातिक समाबेशिताको आधारमा यही भदौ २० गते भित्र प्रतिनिधिसभा र प्रदेश सभाको लागी समानुपातिक सुचीमा समाबेश गर्नुपर्ने कमरेडहरुको नामावली सम्बन्धित जिल्ला कमिटीहरुले प्रदेश पार्टी कार्यालयमा सिफारिस गर्नुपर्ने ।

४. बागमती प्रदेश सल्लाहकार परिषदको गठन भएको छ ।

५. यही भदौ २१ गते प्रदेश संगठन कमिटीको पूर्ण बैठक, तुल्सिलाल स्मृति हल च्यासल ललितपुरमा बस्ने निर्णय गरियो ।

६. पार्टी केन्द्रिय कमिटीको निर्णय बमोजिम बागमती प्रदेश सहइन्चार्जको जिम्मेवारी प्राप्त गर्नुहुने कमरेड धर्मदत्त देवकोटालाई बैठकमा औपचारिक स्वागत गरियो ।