काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी-समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँसँग नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
कालिकोटको रास्कोट नगरपालिका–५ का स्थायी बासिन्दा दुबैजनालाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गर्नुभयो ।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाहीले उहाँहरूलाई पार्टी प्रवेशमा सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया