कञ्चनपुर -नेकपा एसले आफूलाई बलियो दाबी गरेको सुदुरपश्चिमको गढ आजबाट भत्किने भएको छ । प्रतिनिधीसभा र प्रदेशसभाका साँसद सहित पार्टीका प्रदेश अध्यक्ष नै एमाले प्रवेश गर्ने भएपछि नेकपा एसको गढ भत्किने भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुरमा आयोजना हुने विशाल जनसभामा एसका नेताहरुलाई एमालेमा प्रवेश गराउनुहुनेछ । एमाले केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पालका अनुसार एसकी केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य बीना बुढाथोकी,केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा,सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाही,बेदकोट गढी नगरपालिकाका पूर्व मेयर अशोक चन्द लगायत एमाले प्रवेश गर्दैहुनुहुन्छ ।
त्यसैगरी कैलालीबाट पनि काङ्ग्रेस,माओवादी,नेकपा एस,जसपा,राप्रपाका प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश हुने कार्यक्रम रहेको एमाले कैलालीले जनाएको छ । उनीहरुको नाम अहिले सावर्जनिक गरिएको छैन । नेकपा एसले आफूलाई ठूलो बलियो दाबी गरेको सुदुरपश्चिमको गढ भत्किएपछि कैलाली कञ्चनपुरका एमाले आागमी निर्वाचन सहजै जित्न सकिने निष्कर्षमा पुगेका छन् ।
प्रतिक्रिया