अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म यस कारण एमालेमा फर्किदैछु : तारा लामा ,केन्द्रीय सदस्य नेकपा एस

म यस कारण एमालेमा फर्किदैछु : तारा लामा ,केन्द्रीय सदस्य नेकपा एस


महेन्द्रनगर- तारा लामा नेकपा एमाले सुदुरपश्चिममा एउटा चचिर्चत नाम थियो । २०५४ सालको स्थानीय निर्वाचनमा दुई जना गाविस अध्यक्षहरुको देशैभरी चर्चा थियो । ति दुईजना मध्ये एकजना महेश बस्नेत र अर्का तारा लामा । दुवै २४ वर्ष पनि नटेकेका अध्यक्ष । धेरैले उनीहरुले के काम गर्लान् भनेर खिसि गरे । तर दुवैले कसैले गर्न नसकेका काम गरेर एमालेको राजनीतिमा स्थापित भए ।
कुरा गरौं तारा लामाको । २०३० साल भदौ २८ गते धादिङमा जन्मिएका लामा देशमा बहुदल र निर्दल कस्ले जित्ने कस्ले हार्ने भन्ने राजनीति घमासान रुपले ताएिका बेला सुदरपश्चिमको सिमावर्ती जिल्ला कञ्चनपुरमा पुग्नु भएको हो । बाबआमाले बसाईं सारेर उता पु¥याएपछि शिक्षा र राजनीति त्यसै भूगोलमा फस्टायो तारा लामाको ।
२०४३ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गर्नुभएका लामा बहुदलीय व्यववस्थाको उदयसँग २०४७ सालबाट राजनीतिमा सक्रिया हुनुभयो । उहाँ २०४७ सालमा अनेरास्ववियूको कञ्चनपुर जिल्ला कमिटी सदस्य हुँदै २०५३ सालमा कालिका गाविसको सचिव हुनुभयो । त्यसको एक वर्षपछि भएको स्थानीय निकायको निर्वाचनमा कालिका गाविसको अध्यक्ष निर्वाचित भएपछि लामाको राजनीतिक उचाइ थप चुलियो । २०६० साल देखि दुई कार्यकाल जिल्ला सदस्य हुनु भएका लामा २०६६ मा पार्टीको जिल्ला सचिव निर्वाचित हुनुभयो । एमालेमा उहाँको पहिचान र प्रभाव क्रमश विस्तार हुँदै २०६९ साल देखि ६ वर्षसम्म एमाले कञ्चनपुरको अध्यक्ष हुनुभयो ।
२०७४ को प्रदेशसभा निर्वाचनमा लामा कञ्चनपुर १ को निर्वाचन क्षेत्र क बाट प्रदेशसभामा विजयी हुनुभयो । एमालेका तर्फबाट प्रदेशसभाका सचेतक चयन हुनु भएका लामाको राजनीतिको सिधा यात्रा त्यसपछि बाङ्गटिङ्गो भयो केही समय । नेकपाको विभाजनपछि एमालेमा पनि माधव नेपालले सानो समुह लिएर कोठे राजनीति गर्न थाल्नुभयो । लामा सो समुहमा सक्रिय हुनुभयो । २०७८ भदौ ९ गते माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एस बनाउदा लामालाई केन्द्रीय सदस्य र पार्टीको सहकारी विभागको उपप्रमुख पद आइलाग्यो । लामा उतै लाग्नुभयो । ‘माधव नेपालका मिठा कुरामा भलिएछ’ आजै एमाले प्रवेशको तयारी गर्नु भएका लामाले यो बेलासँग भन्नुभयो ‘माधव नेपालले भन्ने गरेको विधी पद्ध्ती त उहाँको पदका लागि रहेछ । म पनि त्यसको साक्षी बन्न पुगें । राजनीतिक जीवनमा मेरो यो एउटा भूल थियो ।’
मानिसले कहिलेकाँही गल्ती गर्छ तर त्यसलाई सच्याउने अवसर पनि पाउँछ । ‘एमसीसी सम्झौता केपी ओलीले ल्याँदा माधव नेपालको चर्को स्वर,शेरबहादुर देउवाले ल्याउँदा मधुरो स्वर’ लामाले भन्नुभयो ‘नागरिकता विधेयक केपी ओलीले ल्याउँदा उग्र विरोध,देउवाले ल्याउँदा समर्थन यस्तो पनि हुन्छ ? उहाँ एजेण्डाको अडानमा हैन व्यक्तिगत फाइदाको राजनीति गर्नुहुदो रहेछ ।’
आफूले बनाएको र आफूलाई बनाएको एमालेसँग ३ सय ७१ दिन छुट्टिएर आज मुलघरमा आउँदै हुनुहुन्छ । ‘राजनीतिको यात्रा कहिलेकाँही बाङ्गोटिङ्गो पनि हुाद्यो रहेछ ’ लामाले भन्नुभयो ‘तर आजबाट मेरो यात्रा मुलबाटोबाटै हुनेछ । केही समय हराएको मेरो गन्तव्य फेरी भेटिएको छ । ’
माधव नेपाल र प्रचण्डको नेतृत्वमा देश संकटमा जाने विष्लेषण लामाको छ । उनीह्रुले देशलाई होइन आफूलाई हरेरे काँग्रेसको पुच्छर बनेकाले पनि समाजवादीमा बस्नु उपयुक्त नलागेको उहाँको भनाइ छ । ‘एमाले विहिन वापन्थी आन्दोलनमा नेपालमा दिवसपना मात्र हो’ लामा भन्नुहुन्छ ‘टुटफुटको राजनीति चल्न पनि नसक्ने रहेछ । त्यसैले म मुलघर मै फर्केको हुँ ।’
आफूसँग सुदुरपश्चिमका कयौं नेता अब एमालेमा फर्कने लामाको भनाइ छ । ठूलो समुहबीच छलफल भइरहेको र उनीहरु क्रमश एमालेमा प्रवेश गर्ने लामाले बताउनुभयो । ‘इतिहासको गर्भमा नेकपा एस भन्ने पार्टी थियो भन्ने अवस्था यही चुनावपछि आउछ ’ लामाले भन्नुभयो ‘त्यहाँको कार्यशैली,नेताको चालचलन,पार्टीको नीति र कार्यदिशा देखेर गलतबाटोको यात्रा समयमा रोक्नु उपयुक्त ठानेर म मुलघरतिरै फर्केको हुँ । ’