धनगढी -महेन्द्रनगरमा नेकपा एसका दुईजना केन्द्रीय सहित हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुग्नु भएको छ ।
केहीबेर अघि मात्र धनगढी अवतरण गर्नुभएका अध्यक्ष ओली अब सडक मार्ग हुँदै महेन्द्रनगर जानुहुनेछ ।
महेन्द्रनगरमा आयोजित कार्यक्रममा एसका केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य बीना बुढाथोकी,केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा,प्रदेश अध्यक्ष बक्रिम शाही लगायतका नेताहरु आज एमालेमा प्रवेश गर्दैछन् । एसले आफ्नो गढ मानेको सुदुरपश्चिम प्रदेशमा यी नेताहरुको एमाले प्रवेशसँगै गढ भत्किएको स्थानीयबासीहरु बताउछन् ।



प्रतिक्रिया