अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको निष्कर्ष : आगामी निर्वाचनमा १०० सिटभन्दा तलमाथि हुँदैन

कांग्रेसको निष्कर्ष : आगामी निर्वाचनमा १०० सिटभन्दा तलमाथि हुँदैन


काठमाडौँ – सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १६५ क्षेत्र छन् । गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् । तर कुन दलले कति क्षेत्रमा उम्मेदवारी दिने भन्ने टुंगिएको छैन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको थियो । त्यसक्रममा सबैजसो नेताहरूले कांग्रेसले १०० सिटको अडान छोड्न नहुने बताएका थिए ।

बैठकमा स्थानीय निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भने कुनै विवाद देखिएन । यसअघि केन्द्रीय कार्य समितिले नै त्यसबारे निर्णय गरिसकेकाले नेताहरूले गठबन्धन गर्नुको विकल्प नभएकोमै जोड दिएका थिए ।

बैठकमा नेता शेखर कोइरालाले कांग्रेसले जित्न सक्ने कुनै पनि सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धन गरेर जाने निर्णय नै भइसक्यो । तर कांग्रेसले जित्ने सिट अर्को दललाई दियो भने त्यसले कांग्रेसलाई मात्रै होइन, गठबन्धनलाई नै फाइदा हुँदैन भन्ने कुरा ध्यान रहोस् ।’