काठमाडौं – नेकपा एमालेले काठमाडौं जिल्ला कमिटीले १० वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सिफारिस गर्न क्षेत्रीय कमिटीहरुलाई दिएको समयभित्र आज नाम सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ ।
एमालेको निर्वाचन क्षेत्र स्तरीय समितिले आ-आफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीका एक सदस्यले बताउनु भयो ।
क्षेत्र नम्बर २ मा मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ ।
काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।
यस्तै काठमाडौं-७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ ।
काठमाडौं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।
एमालेले काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस गरेको जिल्ला कमिटीका ती सदस्यले बताउनु भयो ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम काठमाडौं ८ बाट सिफारिस नभए पनि उहाँले चाहेमा टिकट पाउने बताइएको छ । यसबाहेक सिनियर नेताहरु रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठ सिफारिसमा परेका छन् भने काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको नाम दुई क्षेत्रबाट सिफारिस भएको छ ।
प्रतिक्रिया