काठमाडौ- निलम्बित प्रधानन्यायधिस चाोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिइने भएको छ । हिजो विभिन्न न्यायधिसलाई आरोपित गरेका जबरालाई आज पनि महाअभियोग सिफारिस समितीले बयानका लागि ११ बजे सिंहदरबार बोलाएको छ ।
समितिका एक सदस्यका अनुसार राणालाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ । सवाल–जवाफका क्रममा जबराले आफूले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचैजना न्यायाधीशलाई महाअभियोग लगाइदिन आग्रह गरेको बताउनुभएको थियो ।
उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन् ।
संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै जबरा निलम्बनमा हुनुहुुन्छ ।
प्रतिक्रिया