भक्तपुुर- नेकपा एकिकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य गणेशबहादुर शाही लगायत दजर्नौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शाही लगायत युवा किसान महासंघका कोषाध्यक्ष जीवन बहादुर शाही पनि एमाले प्रवेश गर्नु भएको छ ।
अध्यक्ष ओलीले उहाँलाई खादा लगाएर एमालेमा स्वागत गर्नु भएको छ । अध्यक्ष ओलीले पार्टीका नव प्रवेशीहरुलाई क्षमताका आधारमा उचित जिम्मेवारी दिने बताउनुभयो ।
हिजो मात्र सुदुरपश्चिम प्रदेशका मन्त्री,केन्द्रीय सदस्य,प्रदेश अध्यक्ष लगायत हजारौं नेता कार्यकर्ता नेकपा एस छोडेर एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया