अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहट-२ मा कांग्रेसबाट अफताब आलमको नाम सर्वसम्मत सिफारिस

रौतहट-२ मा कांग्रेसबाट अफताब आलमको नाम सर्वसम्मत सिफारिस


काठमाडौं – नेपाली कांग्रेसबाट रौतहट क्षेत्र-२ को उम्मेदवारमा मोहम्मद अफताब आलम प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ ।

आलममाथि २०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

उनी हाल पुर्पपक्षका लागि नख्खु कारागारमा छन् । आलमले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी चढ्दै स्थगित हुँदै आएको छ ।