झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ । उहाँ तीन दिन यहाँ बस्नुहुने छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र-५ झापाको गौरीगन्जमा पार्टी प्रवेश कार्यक्रम, कमल गाउँपालिकामा युवा भेला र मोरङको सुन्दर हरैंचामा जेसिसको कार्यक्रम तय भएको नेकपा एमाले झापा जिल्ला कमिटीले जनाएको छ ।
यसैबीच शनिबारसम्म अध्यक्ष ओली आफ्नै निर्वाचन क्षेत्रका अन्य कार्यक्रममा व्यस्त हुने बताइएको छ ।
प्रतिक्रिया