मोरङ – नेकपा माओवादी केन्द्रले मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित तीन जनाको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्र मोरङ ६ ‘क’ समितिले आगामी मंसिर ४ गते हुने प्रदेशसभा चुनावका लागि प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यसहित तीनजनाको नाम सिफारिस गरेको हो।
प्रदेशसभाका लागि प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य, प्रभात घिमिरे ‘विनोद’ र दुष्यन्त भट्टराईको नाम सिफारिस भएको हो।
भएको माओवादी केन्द्रले जनाएको छ ।
आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए ।
घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् । तर प्रचण्डका कान्छी छोरी गंगाका श्रीमान आचार्यले नै टिकट पाउने नेताहरू बताउँछन् । प्रदेश सभामै उठ्ने गरेका उहाँले कार्यकर्ता भेटघाट गरिरहेका छन् ।
प्रतिक्रिया