अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्धिजीवीसँग अध्यक्ष ओलीको प्रश्न ‘देश बनाउनेलाई जिम्मा लाउने कि बिगार्नेलाई ?’

बुद्धिजीवीसँग अध्यक्ष ओलीको प्रश्न ‘देश बनाउनेलाई जिम्मा लाउने कि बिगार्नेलाई ?’


दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनाव नेपाललाई आफैंले चलाउने कि अरुलाई चलाउन दिने भन्ने शक्तिहरुको बीचको लडाईं भएको बताउनुभएको छ ।
गृहनगर दमकमा बुद्धिजीवी परिषदले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मंसिर ४ गतेको चुनाव साविक भन्दा विशेष प्रकारको हुने बताउनुभएको छ ।
गठबन्धन नामको एउटा झुण्डले देशलाई बर्बादीतर्फ लगेको र एमालेले त्यसलाई सच्याउने बताउनुभयो । ‘देश बनाउने कि बिगार्नेलाई जिम्मा दिने ?’ अध्यक्ष ओलीले भन्नुभयो ‘हामी एकतावद्ध भएर लागेनौ भने बिगार्नेहरुको हातमा देश जान्छ । यसलाई जसरी पनि रोक्नु पर्दछ । ’अहिले कार्यक्रम जारी छ ।