अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेश बस्नेत विरुद्ध गरिएको भ्रामक र तथ्यहीन सामग्रीप्रति एमाले भक्तपुरको आपत्ति

महेश बस्नेत विरुद्ध गरिएको भ्रामक र तथ्यहीन सामग्रीप्रति एमाले भक्तपुरको आपत्ति

भक्तपुर – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतका विरुद्ध सामाजिक सञ्जालमा गरिएको भ्रामक र तथ्यहीन सामग्रीप्रति नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कार्यालय भक्तपुरले आपत्ति जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कार्यालय भक्तपुरका अध्यक्ष बचन देउजाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको राजनीतिमा युवा पुस्तामा समकालीन मध्येका कुशल संगठक र लाखौँ युवाका प्रेरणाका श्रोत महेश बस्नेतको निरन्तरको राजनीतिक सक्रियताबाट विचलित केही अराजक व्यक्ति र सङ्गठनले राजनीतिक अपराधीहरूबाट सामाजिक सञ्जालमा सुनियोजित रूपमा प्रेषित दूषित समाचार प्रति खेद व्यक्त गर्नुभएको छ ।

आगामी मङ्सिर ४ गते हुन गई रहेको निर्वाचनमा हारको मानसिकताबाट ग्रसित भई तिलमिलाएका अराजक समूहको विक्षिप्तताको प्रमाण स्वरूप सामाजिक सञ्जालमा सक्रिय भई व्यक्तिको चरित्र हत्या गर्ने कार्य जति निन्दा गरे पनि कम हुने विज्ञप्तिमा उल्लेख छ । आम जनमानसमा यस्ता कपोलकल्पित समाचारमा विश्वास नगरी त्यसको प्रतिवाद गर्न अध्यक्ष देउजाले अनुरोध गर्नुभएको छ ।

अराजक व्यक्तिहरूको सङ्गठन दिन प्रतिदिन कमजोर बन्दै गइरहेको अवस्थामा एमालेसँग राजनीतिक प्रतिस्पर्धा गर्न नसक्ने भएपछि हाम्रो पार्टी नेतृत्वको दुष्प्रचारमा लाग्नु नै अराजक जत्थाको रणनीति भएकोले आम पार्टीका कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आ-आफ्नो तह र तप्काबाट त्यस्ता कार्यको सशक्त प्रतिरोध गर्न तथा आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी कारबाही गर्न नेपाल सरकारसँग अध्यक्ष देउजाले जोडदार माग गर्नुभएको छ ।