अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज विराटनगर देखि गौरीगञ्जसम्मका कार्यक्रममा सहभागी हुने

अध्यक्ष ओली आज विराटनगर देखि गौरीगञ्जसम्मका कार्यक्रममा सहभागी हुने


दमक- गृह जिल्लामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाल जेसिजको नेपाल जेसिजको क्षेत्र क सम्मेलन उद्घाटन सम्बोधन गर्नुहुनेछ । मोर ङको सुन्दर हरैंचामा विहान ११ बजे आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले युवाहरुले देश निर्माणमा के कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा मन्तव्य दिनुहुने छ । यसैगरी आजै अध्यक्ष ओलीले गौरीगञ्जमा आयोजना हुने पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजै विराटनगरमा आयोजना गरिएको अनेरास्ववियुको प्रदेश कमिटीको प्रशिक्षणलाई सम्बोधन गर्ने र भोली सुनसरीको दुहबीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर विराटनगर हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।