अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एससँग एकता अघि बढ्यो : प्रचण्ड

नेकपा एससँग एकता अघि बढ्यो : प्रचण्ड


काठमाडौ -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकता अघि बढेको बताउनुभएको छ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको दाहालले बताउनुभएको छ ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले , ‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ’ भन्नुभएको छ । केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘त्यहाँ घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइराख्या छ ।’
प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने पनि बताउनुभयो ।