अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मोरङ- ५ बाट उम्मेद्वार सिफारिस

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मोरङ- ५ बाट उम्मेद्वार सिफारिस


विराटनगर- जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस हुनुभएको छ ।

जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने चर्चा छ ।

मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी हुनुभयो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसका उम्मेद्वार अमृत अर्यालसँग यादव पराजित हुनभयो । २०७४ सालमा यादवले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो ।