विराटनगर – नेपाली कांग्रेस मोरङ क्षेत्र-२ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको छ ।
रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए ।
उहाँ पुनः टिकटको दाबेदार हुन् । सुजता कोइराला भने बुबा गिरिजाप्रसाख कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आउनु भएको छ । दुवै नेताले एक अर्कालाई समानुपातिक सूचीमा बस्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया