अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश सांसदले राख्न सकेनन् प्रदेश १ को नाम ?

प्रदेश सांसदले राख्न सकेनन् प्रदेश १ को नाम ?


विराटनगर – पाँच वर्षमा पनि प्रदेश सांसदले प्रदेश नम्बर १ को नाम राख्न सकेको छैन । अन्य ६ बटै प्रदेशको नामाकरण भइसक्दा पनि प्रदेश नम्वर १ को भने नामाकरण हुन सकेन ।

साउन २२ गतेदेखि स्थगित भएर आज बसेको प्रदेशसभाको बैठकपछि प्रदेशसभाको जारी १०औ तथा बजेट अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेशको नाम सम्बन्धित प्रस्तावनै पेश नगरी अधिवेशननै अन्त्य गरिएको हो । सम्भवत पाँच वर्षे अवधिको यो नै अन्तिम संसद बैठक हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले भरे राती १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।