अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंचाईमन्त्री दम्पत्ती एउटै क्षेत्रमा फरक पार्टीबाट सांसद उम्मेदवार सिफारिस

सिंचाईमन्त्री दम्पत्ती एउटै क्षेत्रमा फरक पार्टीबाट सांसद उम्मेदवार सिफारिस


काठमाडौं – पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पत्ती प्रतिनिधिसभा सदस्यका लागि आआफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन् ।

वागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बसन्त मानन्धर नेकपा एसबाट काठमाडौं ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उहाँको नाम एकलरुपमा सिफारिस भएको हो। सोही क्षेत्रबाट मानन्धर पत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएको छ । एमालेका क्षेत्रीय कमिटी बैठकले पन्तसहित तीन जनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ ।

मानन्धर एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पार्टी विभाजनपछि उहाँ नेकपा एसतिर लागे पनि पत्नी इन्दिरा पन्त भने एमालेमै हुनुहुन्छ । उहाँ एमालेको महाधिवेशनमा समेत प्रतिनिधि हुनुहुन्थ्यो भने महानगरपालिकाको मेयरको उम्मेदवारमा पनि सिफारिस हुनु भएको थियो ।