अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर क्षेत्र-२ को लागि एमालेबाट महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस

भक्तपुर क्षेत्र-२ को लागि एमालेबाट महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस


भक्तपुर – नेकपा एमालेले भक्तपुर क्षेत्र-२ को प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको लागि पोलिटब्यूरो सदस्य महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस गरेको छ ।

एमाले भक्तपुर क्षेत्र-२ क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नेता बस्नेत २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गर्दै संघीय सांसद बन्नुभएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभामा बस्नेतले नै टिकट पाउने सम्भावना रहेको एमाले भक्तपुरका नेताहरु बताउँछन् ।

क्षेत्र नं १ को लागि भने शनिबार ३ बजे बस्ने क्षेत्रीय कमिटी बैठकले निर्णय गर्ने भएको छ । क्षेत्र नं १ का क्षेत्रीय संयोजक मोहनवीर श्रेष्ठले ३ बजे बस्ने बैठकले पार्टीका उम्मेदवारहरुको नाम सिफारिस गर्ने जानकारी दिनु भयो । यस क्षेत्रमा एमालेका युवा नेता लक्ष्मण तिमिल्सिनाले उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । अन्य आकांक्षी नेताहरु भए पनि कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।