अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा कसैले धाँधली गरे प्रतिवाद गर्नुस् : अध्यक्ष ओली

निर्वाचनमा कसैले धाँधली गरे प्रतिवाद गर्नुस् : अध्यक्ष ओली


सुनसरी‌ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रिय समन्वय समितिको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनु भएको हो ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित हुनुभएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताउनु भयो ।

उहाँले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यसभन्दा अगाडि दुई पटक भगवती चौधरीले जित्नुभएको छ। तर हार घोषणा गरिएको छ । प्रहरी प्रशासन लगाएर राज्यशक्तिको दुरुप्रयोग गरेर बाकस साटेर हार घोषणा गराइएको छ। प्रशासन प्रहरीका अधिकृत सबै तहका साथीहरुलाई आग्रह गर्न चाहान्छु, तपाईहरु कुनै पार्टी विशेषको सपथ खाएको, पार्टी विशेषको कार्यकर्ता होइन, राष्ट्र सेवक हो । त्यसकारण राष्ट्र सेवकको हैसियतले भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने खालका बुथ कब्जा गर्ने खालका अशान्ति मचाउने खालका धाधली गर्ने खालका कुनै पनि क्रियाकलापमा प्रहरी प्रशासन राज्य संयन्त्रका कुनै पनि अंग र ती अंगका व्यक्तिहरु निकायका व्यक्तिहरु सरिक हुने छैनन् । सामेल हुने छैन भन्ने मैले विश्वास लिएको छ। र त्यसो नगर्न सबैलाई आग्रह गर्दछु ।’