अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेपालले गर्‍यो मकवानपुर-१ मा कमल थापाको नाम सिफरिस

राप्रपा नेपालले गर्‍यो मकवानपुर-१ मा कमल थापाको नाम सिफरिस


हेटौँडा – राष्ट्रिय प्रजातान्त्रिक नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी अध्यक्ष कमल थापालाई मकवानपुरको क्षेत्र-१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा मकवानपुरको आज हेटौँडामा भएको जिल्ला संयुक्त बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने राप्रपा नेपाल मकवानपुरले जनाएको छ । थापा यसअघि पनि मकवानपुर क्षेत्र-१ बाट चार पटक उम्मेद्वार बनिसक्नु भएको छ ।