अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री राईलाई मातृशोक

मुख्यमन्त्री राईलाई मातृशोक


विराटनगर- प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ ।

राईकी आमाको आज बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिन अघि उपचारको लागि बिराटनगर ल्याइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिने छ । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त हुनुहुन्थ्यो ।