अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वी नवलपरासीमा भारी वर्षा सतर्कता अपनाउन आग्रह

पूर्वी नवलपरासीमा भारी वर्षा सतर्कता अपनाउन आग्रह


काठमाडौ- नवलपरासी पूर्वका केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार नवलपरासी पूर्वको दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
‘नवलपरासी पुर्वको दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र सो क्षेत्र भई बहने स–साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कँदा सतर्कता अपनाऔँ,’ महाशाखाले भनेको छ ।