अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैंमा सार्वजनिक यातायातलाई देशभर रुट पर्मिट खुला

दसैंमा सार्वजनिक यातायातलाई देशभर रुट पर्मिट खुला


काठमाडौँ – दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ ।

दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय गरेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिनु भयो ।

घटस्थापनाको दिन अर्थात् असोज १० गतेदेखि पूर्णिमाका दिन अर्थात् २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट जरुरत पर्ने छैन । यद्यपि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहनेछ ।

त्यस्तै असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।