अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ।

नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो।

बिहीबार अपरान्ह जिल्ला अदालतले अनुमति दिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप विरुद्ध प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको छ । भदौ ५ गते राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।