अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा फुटबल हेर्न जाने भन्दै घरबाट निस्किएका तीन बालिका सम्पर्कविहीन

मोरङमा फुटबल हेर्न जाने भन्दै घरबाट निस्किएका तीन बालिका सम्पर्कविहीन


विराटनगर – मोरङको लेटाङमा फुटबल हेर्न गएका तीन बालिका सम्पर्कविहीन भएका छन् ।

शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राई बेपत्ता भएका हुन् । उनीहरु तीनै जना स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत छन् ।

प्रहरीका अनुसार उनीहरु फुटबल हेर्न जाने भन्दै घरबाट निस्किएका थिए । तर, गाउँमा खेलकुदका कुनै प्रतियोगिता नभएको प्रहरीले बताएको छ ।

उनीहरुको खोजी कार्य तीव्र बनाए पनि फेला पार्न नसकिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताउनु भयो । प्रहरीमा ढिलो गरी जानकारी आएकाले खोजिमा समस्या भएको प्रहरीले बताएको छ ।