अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्याय माग्ने मिटरब्याज पीडितमाथि प्रहरीको लाठी

न्याय माग्ने मिटरब्याज पीडितमाथि प्रहरीको लाठी


काठमाडौं – न्यायका लागि विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

काठमाडौंको कीर्तिपुरमा अस्थायी रुपमा बसी ४१ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । सोही क्रममा प्रहरी उनीहरुमाथि जाइलागेको हो ।

प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।