अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँसद साँवाको सहयोगले नयाँ जीवन पाएका एक कलाकार

साँसद साँवाको सहयोगले नयाँ जीवन पाएका एक कलाकार


काठमाडौं- कलाकार दिलिप फुरुम्बोलाई अहिले बाँचीरहेको जीवन बोनस जस्तो लाग्छ । मुटुरोगले जीवनको अन्तिम क्षणमा पुगेका पुगेका दिलिपले उपचारका लागि अनेक ठाउँ चाहार्नुभयो । सहयोगको याचना गर्नुभयो । तर कतैबाट प्राप्त भएन । बरु थुप्रै आस्वासन प्राप्त भए । ति आस्वासन कार्यन्वयन भएनन् । आस्वासन दिने आफ्नै नातागोता देखि पार्टीका नेतासम्म थिए ।
करिब २०६० साल देखि थलिएका फुरुम्बोलाई मुटुको भल्वमा प्वाल परेकोले नयाँ जीवनका लागि त्यो फेर्नै पर्ने बाध्यता थियो । न्यून आर्थिक अवस्थाले गाँजिएका फूरुम्बूले रोगले थलिएको १२ बर्षसम्म उपचार पाउनु भएन ।
२०७२ सालमा आफन्तले एमाले नेता एलपी साँवासँग फुरुम्बोको भेट गराए । सामाजिक र मानवीय कार्य गरिरहेका साँवाले आफ्नै निर्वाचन क्षेत्रका फुरुम्बूको उपचार गरिदिने जिम्मा लिनुभयो । ‘मेरो न चिनजान न देखभेट केही साथीहरुले मलाइ भेट गराए । आफ्नो समस्या राखेपछि ल म उपचार गरिदिन्छु । चिन्ता नगर्नु भन्नुभयो’ कलाकारितामा रमिरहनु भएका फुरुम्बोले भन्नुभयो ‘त्यसपछि काठमाडौं लैजानुभयो । टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजीमा मेरो भल्ब फेरियो । मैले नयाँ जीवन पाँए ।’
उपचारका लागि के कति खर्च भयो आफूलाई जानकारी नभएको उहाँको भनाइ छ । ‘७ वर्ष देखि बोनसको जीवन बाँचीरहेको छु’ फुरुम्बोले भन्नुभयो ‘मुटुको भल्ब फेरेपछि नयाँ जीवनसँगै थुप्रै नयाँ सृजनाहरु पनि गरिरहेको छु ।’
झापा गाउँपालिका १ घर भएका फुरुम्बोले ‘अधुरो जीवन’,‘उनको यादमा’ गरी दुईवटा मुभी भिडियो सार्वजनिक गर्नुभएको छ । त्यसैगरी करिब १ सय ५० वटा जति म्यूजिक भिडियो पनि सार्वजनिक गर्नुभएको छ । अहिले पनि फुरुम्बो कलाकारितामा नै रमिरहेको बताउनुुहुन्छ ।
एलपी साँवा २०७४ सालको निर्वाचनमा एमालेबाट झापा ४ बाट साँसद बन्नुभएको छ । साँवा आफूले मानवीय सेवा गरे बापत कसैसँग कुनै अपेक्षा नगरेको बताउनुहुन्छ । ‘उपचार गर्न सकिन भनेर आउनेहरुलाई मैले सकेको सहयोग गरेको छु । धेरैजना मुटु रोगी म कहाँ आइपुग्नु हुन्छ । उहाँहरुलाई मैले सकेको सहयोग गरेर नयाँ जीवन दिएको छु । अहिलेसम्म करिब १६ जनाले मुटुको उपचार गरेर जीन्दगीको नयाँ यात्रा गर्दैहुनुहुन्छ ।’